धनगढीमा गौरा महोत्सव सुरु

गौरा

Yugnepal     948 पटक पढिएको    

धनगढीमा  गौरा महोत्सव सुरु


धनगढीमा शनिवार देखी  गौरा महोत्सव  सुरु भएको छ। संस्कृती हाम्रो पहिचान धनगढीकोे आयोेजनामा सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार–प्रशार गर्ने उद्देश्यले गौरा महोत्सवको  आयोजना गरेको आयोजकले  जनाएको छ । यो गौरा महोत्सव चौथो संस्करण  हो।

 आयोजक सस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाको अध्यक्षतामा भएको महोत्सवको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्वघाटन गरेकी थिइन  ।  भदौ ९ गते सम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न कार्यक्रमहरु गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिए।
 
प्रादेशिक डेउडा प्रतियोगिता, नौँ वटै जिल्लाका सास्कृतीक झाँकी प्रदर्शनी, लोक संस्कृती सम्वन्धी कार्यपत्र प्रस्तुत, लोक बाजाहरुको प्रदर्शनी, लोक नृत्य तथा गायन, बाल प्रतिभा प्रबद्र्धन र लोक संस्कृतीका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका अग्रज सात जना श्रष्टाहरुलाई सम्मानको समेत कार्यक्रम महोत्सव अवधीभर सञ्चालन हुने उनले बताए।

डेउडा प्रतियोगितामा नौँ वटै जिल्लाका टिमहरुको प्रतिनिधित्व गराउँदै प्रादेशिक बनाउने लक्ष्य आयोजकको रहेको
छ । यसअघि पनि धनगढीमा तीन पटक गौरा महोत्सव सम्पन्न भईसकेको छ।



शनिबार ०७, भदौ २०७६ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal