देउवा निवासमा गौरा भित्राईयो

Yugnepal     661 पटक पढिएको    

देउवा निवासमा गौरा भित्राईयो

 
धनगढी,५ भदौ
नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी स्थीत निवासमा बिहीबार धुमधामका साथ गौरा भित्राईएको छ ।
गौराको पुजा तथा अर्चनाका लागि नेपाली कांग्रेकी नेतृ तथा डाक्टर आरजु राणा देउवा बिहीबार नै धनगढी पुग्ने कार्यक्रम छ । गौरा पर्बलाई समुहिक रुपले मनाउने कार्यक्रम तय भएको नेपाल महिला संघ कैलालीका अध्यक्ष पुष्पा भट्टले बताईन । भदौ ६, ७ र ८ गते देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको पनि अध्यक्ष भट्टले बताईन । देउवा निवासमा मनाईने गौरामा सबैलाई निमन्त्राण छ भट्टले भनिन, यसका लागि फेरी पनि म सबैलाई आग्रह गर्दछु ।
गौरा भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्राउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरु (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्राईन्छ ।
गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ ।  गौरा पर्व महिलाहरुले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको बताइएको छ । 
 



बिहिबार ०५, भदौ २०७६ ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.