पासाङल्हामु राजमार्ग खुला

Yugnepal     925 पटक पढिएको    

पासाङल्हामु राजमार्ग खुला

 रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार बिहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।     
     
स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । 

सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए ।
     
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडाँैतर्फ जाने क्रममा ना२ख ३८१६ नंको डिब्बा गोसाइँकुण्ड गाउँपालिका–५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो ।     
     
राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनाँै सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताए ।



बिहिबार ०५, भदौ २०७६ १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal