टीकापुरमा हुने थारु सम्मेलनलाई शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको निर्णय - नेकपाको असहमति

थरुहट थरुवान

युग संवाददाता     842 पटक पढिएको    

टीकापुरमा हुने थारु सम्मेलनलाई शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको निर्णय -    नेकपाको असहमति

धनगढी थरुहट थरुवान संयुक्त संघर्ष समितिले भदौ ७ गतेदेखि टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनलाई शान्तिपूर्ण बनाउने सर्वदलिय बैठकले निर्णय गरेको छ।

बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा थरुहट थरुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनका क्रममा सम्पूर्ण राजनीतिक दलहरुले शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई सघाउने निर्णण गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सर्बदलिय बैठकले राष्ट्रिय सम्मेलनमा सहभागि पाहुना तथा प्रतिनिधीका लागि पासको अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ।

साथै बैठकले सम्मेलन अवधीभर टिकापुर क्षेत्रमा मदिरा जन्य पदार्थ विक्रि वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ । बैठकमा सम्मेलनमा लाठी, घरेलु हात हतियार बोक्ने तथा प्रयोग गर्ने जस्ता कार्य नगराउने प्रतिबद्धता समेत आयोजक पक्षले गरेको छ।

सम्मेलन अवधीभर टिकापुर क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न सुरक्षाका सवै उपाय अवलम्बन गर्न सकिने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

सम्मेलन यहि भदौ ७ गते देखि ९ गते सम्म कैलालीको टीकापुरमा हुदैछ। बुधबार नै आयोजक थरुहट÷थरुवान संघर्ष समितिले पत्रकार सम्मेलन गरि सम्मेलनको तयारी पुरा भएको जनाएको छ। त्यसैगरी

 भदौ ७, ८ र ९ गते हुने थरूहट(थारूवान राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का भ्रातृ सङ्गठनले असहमति जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन्।

उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट(थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए । उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए।

त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए। थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बताए।

थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ।

थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका संयोजक मीनराज चौधरीले राज्यबाट सधैँ दमन र शोषणमा परेको थारू समुदायले राखेका जायज मुद्दामा सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै सम्पूर्ण थारू समुदायलाई सम्मेलन सफल पार्नका लागि सहयोग गर्न आग्रह गरेको छ।

उनले विसं २०७२ भदौ ७ र ८ गतेको घटनामा बिग्रिएको सामाजिक सद्भावलाई मजबुद बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउँदै राजनीतिक विचारधाराबाट यो सम्मेलन आयोजना नगरिएको स्पष्ट पारे।

त्यस्तै, थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनका लक्ष्मण थारूले नेपालका २५ जिल्लाबाट थारू प्रतिनिधिको सहभागिता रहने सम्मेलनलाई टीकापुरको सद्भाव बिगार्न जमघट नहुने बताउँदै सद्भाव कायमका लागि सम्मेलनको आयोजना गरिएको बताए। उनले संस्थागत तथा राजनीतिक प्रतिनिधित्वको रुपमा सहभागी हुनुभन्दा पनि थारूहरूको हक, हितका लागि सम्मेलनमा सहभागी हुन आग्रह गरे।

समितिले कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको छ। यही भदौ ५ गते बृहत् सरसफाइ कार्यक्रम, ६ गते रक्तदान कार्यक्रम, ७ गते सम्मेलन उद्घाटन समारोह, ८ गते बन्दसत्र र ९ गते घोषणासभा सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने जनाएको छ।

 



बुधबार ०४, भदौ २०७६ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.