टीकापुर घटना मुद्दामा बहस जारी, बुधवारभित्र फैसला हुने सम्भावना

देश

Yugnepal     1141 पटक पढिएको    

टीकापुर घटना मुद्दामा बहस जारी, बुधवारभित्र फैसला हुने सम्भावना

 


धनगढी - परस्पर विरोधी थरुहटरथारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटना मुद्दामा बहस जारी रहेको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस जारी रहेको हो ।
झण्डै ४२ महिनापछि बुधवारदेखि तोकिएको पेशी अन्तर्गत बहस भैरहेको छ । बुधवार भएको बहसमा वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका थिए ।
त्यस्तै, शुक्रवार भएको सुनुवाईमा प्रतिवादीतर्फका अधिवक्ता नाथुराम महतो, मिलन राई, दिनमणि पोखरेलले बहस गरेको जिल्ला अदालत कैलालीका सूचना अधिकृत नरबहादुर नेगीले जनाए । बहसको क्रम जारी रहने बताइएको छ । बहसको क्रम मंगलबारसम्म जारी रहने बहसमा संलग्न कानून व्यवसायी जोहारीलाल चौधरीले बताए । जसअनुसार मुद्दाको फैसला पनि मंगलवार अथवा बुधवारभित्रै आउने अनुमान गरिएको छ ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारीह सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ भित्ते लेखनको लागि टीकापुरमा भेला भएका थिए । यसैबीच भित्ते लेखनमा प्रहरीबाट अवरोध भएपछि उत्तेजित आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन् ।



शुक्रबार १७, फागुन २०७५ ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.