वाणिज्य बैंकहरुको रिपोर्टः गत आर्थिक वर्षमा कुनको नाफा कति

Yugnepal     967 पटक पढिएको    

वाणिज्य बैंकहरुको रिपोर्टः गत आर्थिक वर्षमा कुनको नाफा कति


 २८ वटै वाणिज्य बैकहरुले गत आर्थिक वर्षको अपरष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार, बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन्, जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २४।१६ प्रतिशत बढी हो । सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकको नाफा एक अर्बभन्दा कम रहेको छ । हेरौँ बैंकहरुको नाफा विवरणः

राष्ट्रिय वाणिज्य बैंकः पाँच अर्ब ३२ करोड रुपैयाँ
कृषि विकास बैंकः चार अर्ब ३५ करोड रुपैयाँ
नविल बैंकः चार अर्ब २९ करोड रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट बैंकः तीन अर्ब ४१ करोड रुपैयाँ
एनआईसी एशिया बैंकः तीन अर्ब पाँच करोड रुपैयाँ
एभरेष्ट बैंकः तीन अर्ब चार करोड रुपैयाँ
हिमालयन बैंकः दुई अर्ब ८४ करोड रुपैयाँ
ग्लोबल आईएमई बैंकः दुई अर्ब ७९ करोड रुपैयाँ
नेपाल बैंकः दुई अर्ब ६१ करोड रुपैयाँ
स्टान्डर्ड चार्टर्ड बैंकः दुई अर्ब४९ करोड ५३ लाख रुपैयाँ
प्राइम कमर्सियल बैंकः दुई अर्ब ३६ करोड रुपैयाँ
एनएमबि बैंकः दुई अर्ब ३१ करोड रुपैयाँ
सिद्धार्थ बैंकः दुई अर्ब ३० करोड रुपैयाँ
नेपाल एसबीआई बैंकः दुई अर्ब ३० करोड रुपैयाँ
सानिमा बैंकः दुई अर्ब २४ करोड रुपैयाँ
प्रभु बैंकः दुई अर्ब पाँच करोड रुपैयाँ
बैंक अफ काठमाण्डूः एक अर्ब ९३ करोड रुपैयाँ
मेगा बैंकः एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ
माछापूच्छ्रे बैंकः एक अर्ब ७० करोड रुपैयाँ
सनराइज बैंकः एक अर्ब ७० करोड रुपैयाँ
नेपाल बंगलादेश बैंकः एक अर्ब ६१ करोड रुपैयाँ
लक्ष्मी बैंकः एक अर्ब ५७ करोड रुपैयाँ
एनसीसी बैंकः एक अर्ब ५२ करोड रुपैयाँ
सिटिजन्स बैंक इन्टरनेसनलः एक अर्ब ४८ करोड रुपैयाँ
जनता बैंकः एक अर्ब ३४ करोड रुपैयाँ
कुमारी बैंकः एक अर्ब ३३ करोड रुपैयाँ
सेञ्चुरी कमर्सियल बैंकः ८६ करोड आठ लाख रुपैयाँ
सिभिल बैंकः ८० करोड रुपैयाँ
बैंकिङ खबर बाट साभार 



शनिबार ३२, साउन २०७६ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal