कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

Yugnepal     667 पटक पढिएको    

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

काठमाडौं । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ख बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकारले जनाएका छन् ।

मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ले भएका छन् ।

उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो । सौर्य अनलाइन बाट



शुक्रबार ३१, साउन २०७६ ११:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.