प्रधानमन्त्री कार्यालयमै यस्तो धाँधली ।

Yugnepal     630 पटक पढिएको    

प्रधानमन्त्री कार्यालयमै यस्तो धाँधली ।

काठमाडौं। पहुँच भए के हुँदैन !  यसको उदाहरण हो, मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय। हाल प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत समन्तमणि आचार्यको हकमा पनि ठूलो पहुँच प्रयोग भएको छ। समायोजनको काम सकिए पछि उनलाई संघमा ल्याइएको छ। समायोजनमा समन्तमणिलाई स्थानीय तहमा खटाइएको थियो। समायोजनको काम पूरा भए पछि उनलाई संघमा ल्याइएको हो।

संघमा समायोजन गरिएका आचार्य हाल प्रधानमन्त्री सचिबालयमा छन्। यसैगरी, हाल नेपाल सरकारका सचिव तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत कृष्ण देवकोटाकी पत्नी हिलकुमारी देवकोटालाई पनि स्थानीय तहबाट सिंहदरबार ल्याइएको छ। समायोजनमा देवकोटालाई इलामको शिक्षा कार्यालयमा खटाइएको थियो।

पछि उनलाई प्रधानमन्त्री कार्यायको पहुँच प्रयोग गरेर सिहंदरबारमा ल्याइएको हो। उनी शिक्षा मन्त्राललया कार्यरत छिन‍्। स्रोत भन्छ, समायोजन संशोधन गर्ने बाहनामा अहिले पहुँच वाला र सत्तारुढ पार्टी निकट कर्मचारीलाई काठमाडौ फर्काउन चलेखल सुरु भएको छ। समायोजनमा सफ्ट वयर प्रयोग गरिएको थियो। जसबाट समायोजन धेरै हदसम्म निष्पक्ष थियो तर समायोजन संशोधनको नाममा अहिले ठूलो चलखेल हुन थालेको छ, स्रोतको भनाइ छ।

मन्त्रालयका अनुसार कर्मचारी समायोजन पछि करिब १६ हजार कर्मचारीले समायोजन परिमार्जन गर्न मन्त्रालयमा निबेदन दिएका थिए। त्यसमध्ये करिब १० हजार कर्मचारी स्वास्थ्य सेवाका थिए। समायोजन परिमार्जन गर्न निबेदन दिएका कर्मचारीमध्ये करिब १४ हजार कर्मचारीको गुनासो सम्बोधन गरिएको मन्त्रालयको भनाइ छ। गुनासो सम्बोधन गर्ने क्रममा मन्त्रालयले केही कर्मचारीलाई पुल दरबन्दीमा राखेको छ।

संघीय मन्त्रालयका कर्मचारीको समयोजनको काम पूरा भएको भन्दै समयोजन महाशाखा समेत विघटन गरेको छ तर मन्त्रालयले भने अझै पनि समायोजन परिमार्जन गर्न निबेदन लिने गरीरहेको छ। अहिले दिनहुँजसो ४र५ जना कर्मचारीले समयोजिन परिमार्ज गर्न माग गर्दै संघीय मन्त्रालयमा निबेदन आउने गरेका छन्।

समायोजन परिमार्जन गर्ने नाममा मन्त्रालयले पहुँच वाला कर्मचारीलाई सिंहदरबार ल्याउन सुरु गरेको हो। समायोजन परिमार्जन गर्न कुनै मापदण्ड बनाइएको छैन। चित्तबुझ्दो कारण देखाएमा गुनासो सम्बोधन गर्ने मन्त्रालयले नीति बनाएको छ तर कस्तोलाई चित्तबुझ्दो भन्ने यस विषयमा भने संघीय मन्त्री लालबाबु पण्डित र मन्त्रालयका उच्च कर्मचारीहरुले आफूखुशी निर्णय गर्ने गरेका छन्।



बुधबार २९, साउन २०७६ १०:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.