प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

Yugnepal     659 पटक पढिएको    

प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली  स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण  गराएका थिए। उनी स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए।  
        
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेललगायतले स्वागत गर्नु भएको थियो। प्रधानमन्त्री ओलीलाई मन्त्रिगण, सांसद तथा नेपकपाका नेता तथा कार्यकर्ताले पनि स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए। प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए। 



सोमबार २७, साउन २०७६ ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.