धादिङ दुर्घटना अपडेट बसमा ४५ जना, ३ को मृत्यु, १६ को उद्धार

दुर्घटना

Yugnepal     758 पटक पढिएको    

धादिङ दुर्घटना अपडेट  बसमा ४५ जना, ३ को मृत्यु, १६ को उद्धार


धादिङ  सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ। १६ जनाको जीवितै उद्धार गरिएको छ।

४५ जना सवार ना। ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३ स्३० बजेको नदीमा खसेको प्रहरीले जनाएको छ। बसमा मलंगवाबाट ४० र हरिपुरबाट २ जना यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

बसमा यात्रुका अलवा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल सहचालक प्रमोद चौधरी र कन्टेक्टर ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा  रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन्।

प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन्। त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।  

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको धादिङका प्रहरीले जनाएको छ। बस त्रिशुली नदीमा आधा डुबेको अवस्थामा रहेको र अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिए। अँध्यारोमा बस खसेको र नदीमा बाढी आएको कारण केही यात्रुहरु बगाएको हुन सक्ने आशंकामा नदी तटहरुमा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका गोताखोर सहितको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरेका छन्। अन्नपुर्ण पोस्टबाट



शुक्रबार २४, साउन २०७६ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.