तमानका पहिरोमा ज्यान गुमाएका परिवारलाई १ - १ लाख , पाँच घर गाउँपालिकाले बनाइदिने

Yugnepal     595 पटक पढिएको    

तमानका पहिरोमा ज्यान गुमाएका परिवारलाई १ - १ लाख , पाँच घर गाउँपालिकाले बनाइदिने

बाग्लुङ्ग। बागलुङको तमानखोला गाउँपालिकाले आफनो गाउँपालिकामा गत साउन १९ गतेको पहिरोका कारण ज्यान गुमाएका घाइते भएका र घरमा क्षती भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँकार्यपालिकामा बुधवार बसेको बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएका ३ जनाको घरपरिवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र गम्भीर घाईते पोखरामा उपचार गराइ राखेका  ३ जनालाई प्रति व्यक्ति रु ५० हजार र सामान्य घाईते भएका ४ जनालाई प्रति व्यक्ति २०(२० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए  ।

साथै सोहि बैठकको निर्णय अनुसार ५ घर पुर्ण रुपमा पहिरोले क्षति पु¥याएका कारण गाउँपालिकाले चाँडै  घर निर्माण गरिदिने अन्य ३ घर आँशिक क्षति भएका कारण दुई घरलाई प्रति परिवार १०(१० हजार र १ घरका लागि ५ हजार रुपैयाँका दरले तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।

त्यसैगरी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीले पाउने सेवा सुविधा वापत एक महिनाको पचास प्रतिशत रकम र कर्मचारीको तर्फबाट एक महिनाको पाँच दिन बराबरको तलब समेत पिडित परिवारलाई उपलब्ध गराउने निर्णय भएको छ ।

गत साउन १९ गते गएको पहिरोका कारण तमान गाउँमा अझै ७ घर पहिरोको जोखिममा रहेको पाइएको छ । पिडित परिवारलाई थप सहयोग पुर्‍याउन तमानक्षेत्रका युवाहरुले बुर्तिबाङ काठमान्डौ लगाएतका क्षेत्रमा आर्थिक सहयोग अभियान सुचारु गरेका छन् । गाउँपालिकाले घर भत्किएका तथा घाइतेलाई खाद्यान्न तथा बासको व्यवस्थापनमा सहयोग गरेको हो । ।



बिहिबार २३, साउन २०७६ १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.