सार्वजनिक जग्गा कब्जा गर्ने अपराधि हो रक्षामन्त्री पोखरेल

Yugnepal     926 पटक पढिएको    

सार्वजनिक जग्गा कब्जा गर्ने अपराधि हो  रक्षामन्त्री पोखरेल


काठमान्डौँ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको बताएका छन्।  

सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता(वकिल(केही सञ्चार क्षेत्र लागेको पोखरेलको आरोप छ।

‘अहिले के देखिएको छ भने काठमाडौंका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ छ,’ बौद्ध रामनगरस्थित लाखे पोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्दै शनिबार पोखरेलले भने, ‘विभिन्न राजनीतिक पार्टीका मान्छे टोपी लगाएर उभिएका हुन्छन्। कालो कोट लगाउने वकिल, सञ्चार क्षेत्रमा काम गर्ने व्यक्ति र विभिन्न व्यवसाय गर्ने मान्छेहरू सेटिङमा हुन्छन्।’

जुनसुकै प्लेटफर्मबाट आएका मान्छे भए पनि सार्वजनिक सम्पति कब्जा गर्ने, खोस्न चाहने र खान चाहनेहरू सामाजिक अपराधि भएकोले उनीहरूका विरुद्ध एकजुट भएर लाग्नुपर्ने उनले बताए।

‘पार्टी आफ्ना(आफ्ना होलान् सामाजिक अपराधकाविरुद्धमा हामी एक हुनुपर्छ,’ उनले भने।



शनिबार १८, साउन २०७६ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal