फियन प्राइम लाईफ इन्स्योरेन्स अध्यक्षमा पुनः खड्का

Yugnepal     1147 पटक पढिएको    

फियन प्राइम लाईफ इन्स्योरेन्स अध्यक्षमा पुनः खड्का

पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) संग आबद्ध प्राइम लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको तेस्रो महाधिवेशनले हरिबहादुर खड्कालाई पुनः अध्यक्षमा चयन गरेको छ । 

अगामी चार वर्षे कार्यकालको लागि संघको वरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ, उपाध्यक्ष पुष्कर विष्ट, दिपक चालिसे, महासचिव लाक्पा शेर्पा, सचिव उद्दव विडारी, कोषाध्यक्ष सुभाष पौडेल, सदस्यहरु हरिनारायण सिंह, देवकी कार्की, भिमराज खड्का, प्रमोद झा, सुरेश ज्ञवाली, भिम सिंह र करणराज पाण्डेलाई चयन गरेका छन् । 

महाधिवेशनले आगामी चार वर्षका लागि संगठन सुदृढीकरण, कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्ने लगायतका कार्ययोजनाहरु समेत अनुमोदन गरेको छ । 



बिहिबार १६, साउन २०७६ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal