अत्तरियामा  चितुवाको छालासहित २ जना पक्राउ

Yugnepal     866 पटक पढिएको    

अत्तरियामा  चितुवाको छालासहित २ जना पक्राउ

धनगढी, साउन १४ । कैलालीको अत्तरियाबाट चितुवाको छालासहित सोमाबर साँझ पक्राउ परेका २ जनालाई कैलाली प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

चितुवाको छाला बेचबिखन तथा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमाबर साँझ ५ बजे अत्तरियाको एक होटेलबाट २ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा डोटीको बढीकेदार गाउँपालिका–५ का २३ वर्षीय राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका–१ का ३२ वर्षीय रामबहादुर बिष्ट रहेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरिले जानकारी दिए ।

कैलालीको चुरेका राम बहादुर थापाको साथबाट ९ फिट लम्बाई भएको टाउको देखी पुच्छर सम्मको चितुवाको छाला, ५ फिट ६ इन्च लम्बाइको टाउको देखी कम्मरको छाला, ५ फिट २ इन्चको हातको एक छेउदेखि अर्को औलासम्मको छाला र २ फिट शरीरको भाग रहेको एक थान चितुवाको छाला बरामत गरिएको गिरीले बताए ।

पक्राउ परेका अर्का डोटीको वढिकेदार गाउँपालिका ५ का राजेन्द्र थापाको साथबाट टाउकोदेखि पुच्छरसम्मको ७ फिट र २ फिट शरीरको शरीरको भागको अर्को एक थान छाला सहित नियन्त्रणमा लिइएको गिरीले बताए ।

चितुवाको छाला वेचखिवनको लागि उनीहरू अत्तरिया पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ । डोटीका राजेन्द्र थापाले स्थानीय वडीकेदार गाँउपालीकामै सिकार खेली चितुवाको छाला बिक्रीका लागी कैलालीको चुरेका रामबहादुर बिष्टको सम्र्पकमा अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गिरीले बताए ।

चितुवाको छाला चोरी सिकारी गरी अत्तरियामा राखेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शुदुर खबर बाट साभार ।



मङ्गलबार १४, साउन २०७६ ११:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.