महिलालाई कुनै पनि विभागको जिम्मेवारी नदिने नेकपाको योजना

Yugnepal     621 पटक पढिएको    

महिलालाई कुनै पनि विभागको जिम्मेवारी नदिने नेकपाको योजना

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पूर्ण एकताले अन्तिम रुप पाउँदै गर्दा असमावेशीको मुद्दा चर्किने देखिएको छ । 

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच गत वर्षको जेठ ३ गते पार्टी एकता भएको तीन महिनामै सक्ने भनिएको पूर्ण एकताले १४ महिनापछि अन्तिम रुप पाउँदै गर्दा असमावेशीको आवाज गुन्जिन थालेको हो । 

सहमति अनुसार ३३ विभागमध्ये १९ एमाले र १४ विभाग प्रमुखमा माओवादीले भाग पाउनेछ । तर त्यसमा प्रमुखको जिम्मेवारी कुनै पनि महिलालाई दिइने छैन । 

उपप्रमुखमा फाट्फुट महिलाका नाममा सहमति बने पनि प्रमुखमा भने महिलाको उपस्थिति शून्य छ । सोमबार दिउँसो ३ बजे डाकिएको नेकपा सचिवालय बैठकमा विवादित विभाग स्कुल विभागको सहमति जुटेपछि यसअघि नै सहमति गरिसकेका सबैको नाम सुनाएर अनुमोदन गर्ने कार्यक्रम तय भएको बुझिएको छ । 

एमालेका तर्फबाट संगठन विभाग प्रमुखमा वामदेव गौतम, वैदेशिक मामिला विभागमा माधवकुमार नेपाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा झलनाथ खनाल रहेका छन् । 

त्यस्तै निर्वाचन विभागमा प्रदीप ज्ञवाली, अर्थ तथा योजनामा सुरेन्द्र पाण्डे, उद्योग तथा वाणिज्यमा मुकुन्द न्यौपाने, न्याय, कानुन तथा मानवअधिकारमा रघुजी पन्त, पर्यटन प्रवद्र्धनतथा नागरिक उड्डयनमा बेदुराम भुषाल, प्रदेशिक मामलामा घनश्याम भुषाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा रघुवीर महासेठ, युवा तथा खेलकुद विभागमा योगेश भट्टराई, श्रम तथा रोजगारमा गोकर्ण विष्ट, संघीय संसदीय विभागमा सुवास नेम्वाङ रहेका छन् । 

त्यस्तै समाज कल्याण विभागमा राजेन्द्र पाण्डे, सहकारीमा विष्णु रिमाल, सामान्य प्रशासनमा किरण गुरुङ, स्थानीय तहमा युवराज ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामा लालबाबु पंडित र सम्पर्क समन्वयमा छविलाल विश्वकर्मा रहेका छन् । 

माओवादीका तर्फबाट खानेपानी तथा सरसफाइमा देवेन्द्र पौडेल, कृषि तथा भूमिसुधारमा चक्रपाणी खनाल, कोष तथा आर्थिक व्यवस्थापनमा हरिबोल गजुरेल, जलस्रोतमा वर्षमान पुन, प्रचारप्रसारमा नारायणकाजी श्रेष्ठ वा अग्नी सापकोटा, राजकीय मामलामा रामबहादुर थापा बादल, वनमा शक्ति बस्नेत, विज्ञानमा गणेश शाह, शिक्षामा गिरिराजमणि पोखरेल, साहित्यमा मणि थापा, सहरी विकासमा लेखराज भट्ट र उपभोक्ता हितमा मातृका यादव रहेका छन् । 

माओवादीले अभिलेख र राष्ट्रिय सुरक्षामा सहमति गरेको छैन । त्यस्तै एमाले र माओवादीबीच स्कुल विभागमा विवाद छ । नारायणकाजी श्रेष्ठ वा ईश्वर पोखरेलमध्ये एक बन्ने सम्भावना छ । यी सबै नाममा महिला छैनन् । 



सोमबार १३, साउन २०७६ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.