भारतीय जनता पार्टीका प्रभावशाली नेताले नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने भन्दैमा होला त फेरी पनि नेपालमा हिन्दुराष्ट्र

Yugnepal     676 पटक पढिएको    

भारतीय जनता पार्टीका प्रभावशाली नेताले नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने भन्दैमा होला त फेरी पनि नेपालमा हिन्दुराष्ट्र

 

काठमाडौँ । सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा राज्यसभा सांसद डा। सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन् ।

विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद्द्वारा संयुक्त रुपमा काठमाडौँमा आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामीले सो कुरा बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै डा। स्वामीले नेपालको भौगलिक अवस्था र इतिहासले गर्दा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने जिकिर गरे । यसबारे भारत र चीनसमेत सकारात्मक रहेको उनले दाबी गरे ।

एक दिने भ्रमणमा नेपाल आएका उनले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

करिब ३० मिनेट भएको भेटवार्तामा नेपाल भारतको द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको स्वामीले जानकारी दिएका छन् । शनिबार उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।

केही दिन अघि मात्र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपाल आएर फर्किएका थिए । गोयलले गरेको केही ‘उच्चस्तरीय’ भेटवार्ताले निकै चर्चा पाएको थियो ।



आइतबार १२, साउन २०७६ ०२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.