नेपालद्वारा चीन पराजित

खेलकुद

Yugnepal     1105 पटक पढिएको    

नेपालद्वारा चीन पराजित

नेपालद्वारा चीन पराजित 

काठमाडौँ, १३ फागुन

नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन् । 
 
बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कँुवरले १ विकेट लिइन । त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन । बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई÷दुई विकेट लिइन् । जीतसँगै नेपाल ८ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्नेछ । 
 



सोमबार १३, फागुन २०७५ ०७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal