द्‌याम्बुली त ओढल्याँहा पो गएछ १ ९कविता

Yugnepal     1442 पटक पढिएको    

द्‌याम्बुली त ओढल्याँहा पो गएछ १ ९कविता

द्‌याम्बुली त ओढल्याँहा पो गएछ १ ९कविता
 

फागुन १०
दिल थापा


मंसिरे रोगी शितको मिठो स्पर्शसंगै 

लेकबाट झरेका दयारिहरु

दाँइ हाल्न श्रीगणेश गर्छन् । 

खलाको समिपमा रहेको कुन्नीयोलाई फोडेर ।

जाँडको तरुनी छोक्‍र्रालाई सम्झदै

रक्सीको पेन्सन पत्तालाई सम्झदै

कुहिरो लागेको फाँटतिर बसेर ।

घामले कुहिरोलाई चिर्ने आसमा । 

 

महर्षि वेदव्यास ऋषिले तपस्या गरेको भूमिको माथितिरबाट मगरको लाडी बग्छ।

सेती र मादीको संगममा 

स्नान गरेको वेदव्यास ऋषिको गिदीलाई स्पर्श गर्नलाई 

च्वाँचेको बोसोको सावुनले 

शरीर चोखो बनाई रहेकी 

मगर्नी यूवतीको सेतो तिघ्रालाई वेवास्ता गर्दै ।

हिन्दुस्थानको समुन्दमा मिसिन 
ि
 

च्वाँचेको बोसोको सावुनले होला । 

दमौलीघाटको बगरहरु 

डाँडाखुदीबाट तलतिर आँखाहरु चराउदा 

अजिवको चम्किलो देख्छु ।

दमौली फाँटको औलले पाकेको दरै बाजेको चिल्ला छाला जस्तै

दमौलीको बगरबाट उता उता आंखा चराउदा देखिन्छ 

छाब्दी बराहा थान।

 

 

बैदीको मगर दाइले 

दमौली आउंदा 

मास्दी घाटमा अर्नी खान्छ। 

च्वाँचेको बोसोको तेलले

 मसाज गरेको बटुक 

अलिकति चोखे फालेर

गोलभेडाको अचारमा चोपेर

 छाब्दी बराहा पूजा गर्न आउंदा ।

उसलाई पर्खदै होला कोइदीमघाटमा 

तरुनी आंखाहरु 

सेती नदीको बगाईसंगै

वर्षौंको चोपिलो सम्झना बोकेर 
ि
 

माघ फागुनतिरबाट 

मानुहुम र खुदीतिर कौराको श्रीगणेश हुन्छ । 

गाँउका रोदीघरहरुमा

त्यो बेला व्यास ऋषिलाई ध्यानमग्न हुन गाह्रो हुंदो हो। 

मानुहुममा पोलेको च्वाँचेको गन्धले । 

चार वेद आठार पुराण लेख्न मन नलाग्दो हो। 

खुदीमा बज्ने खैजडीको 

सेतीले लिई आउने संगीतहरुले ।

 

हिजो मेरो बाउ बाजेले चिनेको भूमि । 

आमाको हातहरुले मलिलो बनाएको भूमि ।

पुर्खाहरुको पैतालले डोबिएको भूमि । 

मगरातको गर्भिलो गन्ध आउने भूमि 
ि
द्‌याम्बुली त ओढल्याँहा पो गएछ १  

कौराहाको खाल उठ्न नपाउँदै

 

रातारात व्यासभूमि पो भएछ १



शनिबार ११, फागुन २०७५ ११:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal