टैगोरको शान्ति निकेतनबाट अनसनरत डा केसी र ओली सरलाई हेर्दा

देश

Yugnepal     1745 पटक पढिएको    

टैगोरको शान्ति निकेतनबाट अनसनरत डा केसी र ओली सरलाई हेर्दा

अनसन बसेर मृत्युवरण गरेकाहरुको श्रृंखला खोज्दै जाने हो भने सूची लामो बन्नेछ। बीपी कोईराला २९ वा २१ दिनसम्म अनसन बस्नु भयो। शताब्दीऔँ सम्मका लागि तिरस्कारका पात्र बनाईएका बीपीलाई तत्कालिन राणा प्रधानमन्त्रीले रिहा गरिदिए।

तर, आयरल्याण्डको माँगका लागि संसारमै लामो समयसम्म अनसन बसेका बबी सैंड्सको अनसनरत अवस्थामा नै मृत्यु भयो। राणा शासकहरुले बढी जनअपेक्षालाई कदर गर्थे कि तत्कालिन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको बेलायतले– यसबारे छलफल हुँदै गर्ला।

महात्मा गान्धीको सफलताका आँकलन गर्ने अध्येताहरू भन्छन्, यदि गान्धीको लडाईँ कानूनी राज्यका प्रणेता वा पक्षपोषक ब्रिटिससँग नभएको भए गान्धी किमार्थ पनि सफल हुने थिएनन्।

सन् १९६८ मा बीपीले बाराणसीको राजघाटमा आयोजित सम्मेलन ‘गांधीज्म एण्ड एशियन च्यालेन्ज’ मा बिश्वभरका शान्तिवादी अहिंसक नेताहरूको सामुन्ने भन्नु भएको थियो, ‘गान्धीको सफलताको धेरै श्रेय बेलायती कानूनी राज्यको मान्यता र मानव अधिकारका प्रति बेलायतको प्रतिवद्धतालाई जान्छ। नेपालमा त राजा महेन्द्रको शासनमा हरेक रात धेरै गान्धीहरूको भ्रुण हत्या हुन्छ।’

त्यहीँ गएर बबी सैंड्स अनसनरत् मरे।

ओसामा बिन लादेन मारिए। अमेरिकनले उनको मृत देह समुद्र फालिदिए। दफन गरिने ठाउँमा हरेक बर्ष मेला नलागोस् भनेर तेसो गरिएको हो। तर, बबी सैंड्सको मुद्दा मरेको छैन। आयरल्याण्डको स्वाधिनताको माँग झनझन् बढदो छ।

अनसनको अवस्थामा  बबी सैंड्स

अनसनको अवस्थामा बबी सैंड्स

सवाल राज्यले कसलाई कसरी, कुन रंगमा रंगाई दिएको हुन्छ, सबैले त्यसलाई त्यसै रंगमा लत्पतिएको ठान्दैन भने हो।

अहिले मेरो सरोकार डा। गोबिन्द केसीको अनसनबारेमा हो। डा केसीको माँगलाई जनस्तरले आत्मसात गरेको छ। त्यसलाई जायज ठानेको छ। जनताको यस अवधारणालाई राज्यको ब्याख्याले अन्यत्र मोड्न सक्दैन। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यत्तिमात्र बुझिदिनु भए हुन्छ।

सुशीला कार्कीलाई माओवादीले न्यायाधीश बनाए। तर, एमालेले सधैँ सुशीलालाई बोकेर हिँडे्यो। सुशीला कार्की न्यायको आडम्बरमा काँग्रेसको छाला काढ्न चाहन्थिन्। यो कुरा एमालेलाई निकै मन प¥यो। तिनै सुशीलालाई अहिले नागरिक समाजको नेता हुनु परेको छ। उनले डा। केसीलाई समर्थन गरेकी छिन्। यो कुरा अहिले ओलीलाई मन नपर्नु स्वभाविकै हो।

लोभीपापीहरुबाट यस्ता खेल भैरहन्छन्। प्रम ओली तत्क्षणका यस्ता कुराहरूमा पर्नुहुन्न। मैले माथि भनेँ, बबी सैंड्स अनसनरत् मरे। तर उनले उठाएको मुद्दा मरेको छैन। भोलि डा। केसी पनि मर्न सक्छन्।

निःसन्देह उनको मृत्युका बारेमा प्रम ओलीले कुनै ज्यान मुद्दा बेहोर्नु पर्दैन। तर, डा। केसीले उठाएका सवालहरूमा आफ्नो कल्याण देख्ने जनताका भरोशा मर्नेछ। डा। केसीको देह मर्नेछ। तर उनमा आफ्नो कल्याणको आशय देख्नेहरूको भरोशा मर्नेछ। त्यो घडी प्रम ओलीका लागि सुखद हुने छैन।

गाउँघरका हाट बजारमा बौलाहा मजनूँहरूलाई स–साना केटाकेटी बच्चाहरूले गिज्याउँदै लखेट्ने गरेझैँ प्रम ओली आम जनताको च्याँग्रा लखे्ट्याईमा पर्नु हुनेछ। आउने चुनावमा हरेक मतदाताको छोपिएको अनुहारमा डा। केसीको मुखुण्डोको सामना गर्नु पर्ने हुन्छ।

प्रम ओलीजीलाई दक्षिण एशियाकी एक राजनेताका बिलौना बताउन चाहन्छु। बेनजीर भुट्टो र उनको सामन्ती पारिवारिक पृष्ठभूमिका बारेमा मैले भनिरहनु पर्दैन।

उनी भ्रष्ट छिन् भने सर्वत्र प्रचार भयो। बिरोधीहरूले खुब उचाले यस सवाललाई। एक भारतीय टेलिभिजन पत्रकारसँगको अन्तर्वार्तामा उनले वेदनासाथ भनिन्, ‘म पुस्तैनी परम्परा अनुसार काँसको गिलासमा पानी पिउँथे।

यो कुरा सबैलाई थाहा थियो कि, बेनजीर घरमा रहँदा काँसको गिलासमै पानी पिऊँछिन्। उनले बिभिन्न अवसरमा भेटघाट गरिरहँदा काँसको गिलाँस समाती बसेको तस्वीरहरु अखवारहरूमा छापिएको हुन्थ्यो।

त्यही फोटोलाई देखाएर बिरोधीहरूले हल्ला फिँजाए, ‘बेनजीर त यौन शक्ति बढाउन सुनको झोल बनाईएको पानी पो पिऊने गर्छिन् र पो त दुनियाले थाहा नपाउन भनेर काँसको गिलालमा हालेर पिउने गर्छिन्।’
बेनजीरले भनेकी थिईन्, ‘जनताले यस्ता बेहुदा कुरालाई पत्याएर मलाई प्रश्न गर्ने गर्थे, मेहतर्मा आप तो सोनेका सोरबा पिती हैरु’

यतिबेला म कोलकतास्थित प्रसिद्ध कवि रवीन्द्रनाथ टैगोरको शान्ति निवासमा आइपुगेको छु। यहाँबाट काठमाडौँतिर फर्केर भन्न चाहन्छुस् यस्तो हुन्छ, प्रचारका अगाडि पराधिन जनता। डा। केसी मर्न सक्छन्। उनले मृत्युमै प्रारब्ध देखेको हुन सक्छ। तर, यसपछि हुने भरोशाको मृत्युले आशाहरूको लाश थप्याथप्यै गर्नेछ ओली सर१



बिहिबार १७, माघ २०७५ ०५:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.