गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी, घटनास्थलमा विप्लवको पर्चा भेटियो

Yugnepal     741 पटक पढिएको    

गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी, घटनास्थलमा विप्लवको पर्चा भेटियो

 

बर्दिया,  ।  बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति आएको अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यहाँ राखिएका कागजात पूर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले लिएको छैन । तर, घटनास्थलमा नेत्रवित्रम चन्द नेतृत्वको नेकपाको भेरी कर्णाली ब्यूरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको थाहा पाएलगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरीक्षक यमबहादुर मल्ल छत लडेर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।



मङ्गलबार २४, असार २०७६ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.