रसुवागढी जोड्ने मैलुङ–स्याफ्रु नाका पहिरोका कारण अबरुद्ध

Yugnepal     672 पटक पढिएको    

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रु नाका पहिरोका कारण अबरुद्ध

 


रसुवा – अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ । बाढीले क्षति गरेको सडक सोमबार मर्मत गरेपछि सञ्चालनमा आएकोमा थियो ।

सोमबार राति परेको पानीका कारण विभिन्न स्थानमा पहिरो गएपछि यो सडक फेरि अवरुद्ध भएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो ।

त्यसैगरी पहिरोको कारण सोमबार रातिदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक भने खुलेको छ । सडक खण्डको तातोपानी क्षेत्रमा गएको पहिरो पन्छाएसँगै सडकमा सवारी सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

यो क्षेत्रमा गएको हप्ता पनि पहिरोले सडक अवरुद्ध बनाएको थियो । स्याफ्रु–रसुवागढी सडकखण्ड पहिरोको जोखिममा छ ।



मङ्गलबार २४, असार २०७६ १२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.