बाजुरामा ३ सय ४१ परिवारलाई कागतिका विरुवा वितरण

Yugnepal     1173 पटक पढिएको    

बाजुरामा ३ सय ४१ परिवारलाई कागतिका विरुवा वितरण

बडीमालिका नगरपालिका वडा नं। ७ का ३ सय ४१ परिवारलाई निशुल्क कागतीका विरुवाहरु वितरण गरिएको छ ।
बडीमालिका नगरपालिका कृषि शाखाको सहयोगमा उक्त वडाका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो ।


कागती उत्पादनको पकेट क्षेत्र मानिदै आएको बडीमालिका नगरपालिका वडा नं। ७ को रजातोलि, सुनकाना, सिराडी माउलेख र जिल्ली गाउँका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो ।


एक घर तीन फलफुल वृक्षारोपण अभियान अन्तरगत सो वडाका ३ सय ४१ परिवारलाई १ हजार २३ कागतिका विरुवाहरु निशुल्क वितरण गरिएको र कृषकहरुको थप मागका आधारमा २५ सय विरुवाहरु वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
बडीमालिका नगरपालिका वडा नं। ७ लाई ओखर, कागति र आलुको पकेट क्षेत्र बनाउन वडामा रहेका ४ सय ५५ घरधुरि सबैलाई कागती, ओखरका विरुवा र आलुको विउ उपलव्ध गराईने वडा अध्यक्ष पाध्यायले बताएका छन् ।


नगरपालिका भित्रका सबै कुषकहरुलाई आधुनिकिकरण खेतितिर लिनको लागी ब्यबसायीक रुपमा अघि बढाउन नगरपालिकाले कृषि क्षेत्रमा उपयुक्त लगानी बढाउन आवश्यक रहेको छ ।



मङ्गलबार २४, असार २०७६ ११:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.