बाजुरामा बिप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

Yugnepal     697 पटक पढिएको    

बाजुरामा बिप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो ।
हिमाली गाउँपालिका वडा नं। ६ धुलाचौरमा लुकेर बसी रहेको अवस्थामा उनीहरु दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विप्लव समूहका २ जनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



सोमबार २३, असार २०७६ ०२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.