सूचना प्रविधि विधेयकबारे लेख्दा कलमसँगै दिमाग चलाउनुस्  मन्त्री बाँस्कोटा

Yugnepal     1247 पटक पढिएको    

सूचना प्रविधि विधेयकबारे लेख्दा कलमसँगै दिमाग चलाउनुस्  मन्त्री बाँस्कोटा

 

 काठमाडौं  संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संघीय संसद प्रतिनिधिसभामा बुधबार पेश भएको ुसूचना प्रविधिका विषयमा व्यवस्था गर्न बनेको विधेयकुबारे लेख्दा दिमाग र कलम तथा क्यामेरा र मुख चलाउन सुझाव दिएका छन्। मन्त्रिपरिषदले फागुन ३ गते गरेका निर्णय सार्वजनिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा चर्चामा आएजस्तो सामाजिक संजाल चलाउनेले दर्ता गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने, इन्नोभेसनमा अंकुश लगाउने कुरा नभएको बताए। उनले सामाजिक संजालका संस्थालाई नेपालमा दर्ता गराउने गरि विधेयकमा व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। ुसामाजिक संजालमा आएका कुराबाट मुख्यधाराका संचारमाध्यम प्रभावित हुनुभन्दा विधेयकमा भएका व्यवस्था सामाजिक संजाल चलाउनेहरूलाई जानकारी दिनुहोलाु, उनले भने, ुपत्रिकामा कलम चलाउनेले दिमाग र कलम चलाउनुहोला, क्यामेरा चलाउनेले मुख र क्यामेरा सही ढंगले चलाउनुहोला।ु विश्वका अधिकांश मुलुकमा फेसबुक र ट्विटर लगायत संस्था दर्ता गर्ने चलन रहेको भन्दै मन्त्री बाँस्कोटाले नेपालमा पनि त्यस्तै गर्न लागिएको बताए। सामाजिक संजालमा हुने विकृति रोक्न पनि यसले सघाउ पुर्‍याउने उनले बताए। नेपाल उत्तर कोरिया बन्न लाग्यो भन्ने आलोचना अस्वीकार गर्दै उनले भने, ुनागरिकका अधिकार कुण्ठित गर्नेगरी कुनै कानुन हालतमा निर्माण गरिँदैन। इन्नोभेसन रोकिन्छ भन्ने लेखिएको छ, यो झुठो हो। मन्त्री बाँस्कोटाले अर्बौं रकम बाहिरिँदा पनि मुलुकलाई केही फाइदा नभएको र राष्ट्रिय मुद्दासँग जोडिएका विषय सल्टाउन पनि सहज हुने भएकोले नेपालमा सामाजिक संजालका कार्यालय स्थापना गर्ने व्यवस्था गरिएको बताए। उनले कसैलाई पनि बन्द गर्ने नभइ थप संस्था आउन् भनेर त्यस्तो व्यवस्था गर्न लागिएको धारणा राखे। नेपालमा कार्यालय स्थापना भएनन् भने कानुनअनुसार हुने उनले स्पष्ट पारे।



बिहिबार ०९, फागुन २०७५ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.