मन्त्री पोख्रेल द्वारा गेटा मेडिकल कलेजको निरिक्षण, ७० प्रतिशत काम सम्पन्न

Yugnepal     1083 पटक पढिएको    

मन्त्री पोख्रेल द्वारा गेटा मेडिकल कलेजको निरिक्षण, ७० प्रतिशत काम सम्पन्न


कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको देखिन्छ । यसै बिच मेडिकल केलेजको विकासमा के कति मात्रामा भएको छ भनि आईतबार माननिय शिक्षा,विज्ञान तथा प्रबिधी मन्त्री गिरिराज मनि पोख्रेल ले अनु गमन तथा कलेज वरीपरी बृक्षारोपण गर्नु भएको छ ।

मन्त्री पोख्रेल भने गेटा मेडिकल कलेज सुदूरपश्चिमेली जनताको मुख्य कलेजको रुपमा स्थापना गरी जति सक्दो चाडो यहाँ पढाई सुरु गर्नु पर्छ । यस कलेजलाई संरचनात्मक काम हुदै गर्दा बनि सकेका भवनमा पढाई यसै साल देखि सुरु गर्नु पर्नेमा जोड दिनु भयो । यो कलेज लाई प्रतिस्ठान या सरकारी स्तरबाटै मान्यता प्राप्त गर्ने कुरा छिट्टै नै बैठक बाट यहाँका जनताले चाहाना अनुरुप हुने कुरा मन्त्री पोख्रेलले राख्नु भयो ।

शुरुका वर्षमा विभिन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण यो योजना कार्यान्वयनमा आउनेमा शङ्का थियो, तर अहिले भने काम धमाधम निरन्तर भईरहदा स्थानिय एव् कामलाई सरकारी तवरबाट सुरपबेक्षण गर्दै आएका ईन्जिनियर पवन रावल बताउनुहुन्छ, अब आगामी बर्ष देखि नै शैक्षिक सत्र संचालन हुने कुरामा आशा जगाएको छ ।
सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माण कार्य भने दुईवर्ष अघिदेखि मात्रै शुरु भएको थियो । मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको काम अहिले ७० प्रतिशत जति सकिएको र यसै बर्ष भित्र मेडिकललाई चाहिने आवश्येक मेसिन, सामाग्री गेटामा पुर्याउने लक्ष्य रहेको कुरा ईन्जिनियर रावलले बताउनु भयो ।


यस्तो छ गेटा मेडिकल कलेजको संरचनागत तस्बिर
चिकित्सकको आवास गृहको रुपमा आठवटा भवन निर्माण गरिन लागिएको छ । अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माण गर्न लागिएको छ ।

कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन्।



सोमबार १६, असार २०७६ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal