कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

Yugnepal     784 पटक पढिएको    

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

 

काठमाडौं, कोरियन भाषा परीक्षाको नतिजा सार्वजानिक भएको छ। उत्तीर्ण भएका परीक्षार्थीको विवरण भने कोरिया शाखाले नेपाल पठाएको छैन।

कोरिया जनाका लागि गत जेठ २५ र २६ गते भाषा परीक्षा भएको थियो। जसमा ८४ हजार दुई सय १५ जनाले सहभागी थिए। यो वर्ष कारियाले १० हजार कामदार माग गरेको छ।

ईपीएस शाखाका अनुसार, कृषिका लागि ३७ अंक ल्याउने उत्तीर्ण भएका छन्। त्यस्तै, उत्पादनमूलक क्षेत्रका लागि ३८ अंक ल्याउने परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए। ‘पास भएको लिस्ट आउन बाँकी छ,’ उनले काठमाडौं प्रेससँग भने।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने जनाएको छ। जसमध्ये उत्पादनमूलक क्षेत्रमा सात हजार ५० र कृषि क्षेत्रमा तीन हजार कोटा छुट्याएको छ।

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जनामध्ये सात हजार नौ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।

कोरियन भाषा परीक्षाको नतिजा  र वैदेशिक रोजगार विभागको वेबसाइट मा हेर्न सकिनेछ।

 

 



शुक्रबार १३, असार २०७६ ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal