मनसुन सक्रिय भएसँगै सुरू भयो धान रोपाइ फोटोफिचर

Yugnepal     1217 पटक पढिएको    

मनसुन सक्रिय भएसँगै सुरू भयो धान रोपाइ फोटोफिचर

 

काठमाडौं,  मनसुन सुरु भएसँगै किसानहरुलाई धान रोप्ने चटारोले छोएको छ। काठमाडौं उपत्यका आसपासका क्षेत्रमा किसानहरु हिजोआज खेतमा धान रोप्न व्यस्त देखिन्छन्।

ललितपुरको गोदाबरी नगरपालिकास्थित रचनटारका किसानहरु अहिले धमाधम धान रोप्न व्यस्त छन्। असारको पहिलो साताबाटै धान रोपाइ सुरु हुने भएपनि सरकारले भने असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ। 

किसानको मनोबल उच्च राख्न र श्रमको सम्मान गर्ने उद्देश्यले सरकारले मुलुकभर धान दिवस मनाउने गर्छ। सरकारी तथ्यांक अनुसार मुलुकको झण्डै १४ लाख हेक्टरभन्दा बढी जमिनमा धानखेती हुँदै आएको छ। 



बुधबार ११, असार २०७६ ०५:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal