बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो, विष्णु पौडेलको भने सूचनामा नाम छैन नामसहित

Yugnepal     859 पटक पढिएको    

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो, विष्णु पौडेलको भने सूचनामा नाम छैन नामसहित

 
काठमाडौं,  बालुवाटारको सरकारी जग्गा खरिद–बिक्रीसम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई बयानका लागि बोलाएको छ। तर, नेकपा महासचिव बिष्णु पौडेललाई भने बोलाएको छैन।

अख्तियारले आजा सार्वजनिक गरेको सूचनामा ८६ जनालाई सात दिनभित्र अख्यितायरको कार्यालयमा हाजिर हुने सूचित गराएको छ। सूचनामा भनिएको छ, ‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाडौं, डिल्लीबजारका कर्मचारीहरुसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बकेही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ।’

अख्तियारले सात दिनभित्र हाजिर नभए कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढ्ने पनि जनाएको छ।

आज जारी गरेको सूचनामा ८६ जनालाई बयानका लागि बोलाउनुका साथै उनीहरूको नाममा रहेको जग्गाको कित्ता नम्बर समेत सार्वजनिक गरिएको छ। उनीहरुको तीनपुस्ते विवरण खुलाएको छ।

यसमा नेकपा महासचिव पौडेलको नाम भने छैन। महासचिव पौडेलले पनि बालुवाटारको सरकारी जग्गा किनेको खुलेको थियो।

उनले आफैले दुई पटक प्रेस विज्ञप्ती जारी गरी कत्तिा नं। २०९ र ३१५ को आठ आना जग्गा किनेको स्वीकारेका थिए। जुन जग्गा उनका छोरा नविन पौडेलको नाममा रहेको उल्लेख छ।

यो पनि पढ्नुहोस्  विष्णु पौडेल  प्लास्टिक कारखानाको मजदुरीदेखि बालुवाटार जग्गा विवादसम्म

त्यस्तै, बालुवाटार जग्गा छानविन समितिले भूमाफिया भनेका डा।शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलाई पनि बयानका लागि बोलाएको छैन। यो सूचिनमा उनीहरुको नाम पनि छैन।



बुधबार ११, असार २०७६ ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal