सुत्केरीको मृत्यु घटना  आफन्तहरूद्वारा छानबिनको माग

Yugnepal     402 पटक पढिएको    

सुत्केरीको मृत्यु घटना  आफन्तहरूद्वारा छानबिनको माग

धनगढी  धनगढीमा रहेको नवजिवन अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानबिनको माग गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले छानबिनको माग गरेका हुन् ।

गर्भवति भएको दिनदेखी अस्पतालमा नियमित चेकजाँच गराउदै आएको भएपनि अन्तिम समयमा आएर उपचारमा लापरवाही गरेको मृतकका काका तेजबहादुर सिंहले बताए । त्यस्तै नवजात शिशुको अवस्थाको विषय पनि अज्ञात रहेको उनले बताएका छन् । ३९ हप्ताकी गर्भवती मल्लको भ्याकुम प्रयोग गरेर ११ः४४ मा डेलिभरी गराइएको थियो ।

अस्पतालले भने डाक्टरकै कारणले सुत्केरीको ज्यान नगएको जनाएको छ । उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुःख व्यक्त गरेको छ । ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन् अस्पतालले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जा“च गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइ बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको जनाएको छ ।

यस्तै बच्चा जन्माउने बल नपुगे पछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ । पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको अस्पतालले विज्ञप्तीमा भनेको छ ।

अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ । विज्ञ टोलीको हर प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।

कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ ।



मङ्गलबार १२, असोज २०७८ १२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.