गोदावरी नगरपालिका ४० परिवार विस्थापित

Yugnepal     591 पटक पढिएको    

गोदावरी नगरपालिका ४० परिवार विस्थापित

 


अत्तरिया साउन २
  कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा बाढी पस्दा ४० परिवार विस्थापित भएका छन । इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार रातिदेखिको अविरल वर्षाले चुरेबाट निस्कने भालुखोला र गोदावरी नदीमा आएको बाढीले वडा १ र ४ का विभिन्न बस्ती जलमग्न भएका छन।

भालु खोलाले वनखेतका ४ र बास्कोठाका १० घरमा बाढी पसेको छ । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । ढल निकास नहुँदा गोदावरीे नगरपालिकाको केन्द्र रहेको अत्तरिया बजारसमेत जलमग्न भएको छ ।

गोदावरीको गेटा मेडिकल कलेज आसपास क्षेत्रका बासिन्दाको घरभित्र पनि स्थानीय खोलाको बाढी पसेको छ । वडा १३ गेटाको श्रीलंका शिविरका मुक्त कमैयाको घरभित्र पनि मोहना नदीको बाढी पसेको छ । शिविरका ३० परिवारलाई उद्धार गरेर स्थानीय स्कुलमा राखिएको छ । शिविरमा मोहना नदीको बाढी पसेको हो ।

कैलालीका कर्णाली, मोहना, पथरिया, शिवगंगा, गौरीगंगालगायतका चुरेबाट निस्कने नदी र ती नदीका सहायक नदीमा समेत भारी वर्षाले पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन आह्वान गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।



शनिबार ०२, साउन २०७८ ०४:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.