प्रतिनिधिसभा विघटनविरुद्ध  कैलालीका पाँच दलले निकाले बिज्ञप्ति

Yugnepal     699 पटक पढिएको    

प्रतिनिधिसभा विघटनविरुद्ध  कैलालीका पाँच दलले निकाले बिज्ञप्ति


धनगढी जेठ १० ।  प्रतिनिधि सभा बिघठनका बिरुद्ध प्रतिकारमा उत्रिने कैलालीमा रहेका पाँच दलले  घोषणा  गरेका छन् ।आज  पाँच दलले संयुक्त प्रेश बिज्ञप्ति जारीगरेका छन् ।  राष्ट्रपति र प्रधानमन्त्रीको  प्रतिनिधि सभा बिघठन गर्ने निर्णयले मुलुकमा राजनीतिक अनिश्चय, अन्यौलता र अराजकता निम्त्याउने दावी गर्दै त्यस बिरुद्ध साझा रुपमा सशक्त प्रतिकार गर्ने कैलालीमा रहेका पाँच राजनैतिक दलहरुले घोषणा गरेका छन् ।

संसदिय मुल्य र मान्यताको परम्परागत पद्धतिलाई लत्याएर प्रतिनिधि सभा जस्तो महत्वपुर्ण निकायलाई सहजै बिगठन गर्ने प्रतिगामी कदमका बिरुद्ध एकजुट भइ लाग्न सोमबार प्रकाशित पाच दलको संयुक्त बिज्ञप्तमा आग्रह गरिएको छ ।

प्रतिनिधि सभा बिगठनका बिरुद्ध प्रतिकारमा उत्रिने कैलालीका पाँच दलको घोषणा

प्रतिनिधि सभा बिगठनको कार्य  असंवैधानिक र गैरकानुनी भएको ठहर गर्दै बिज्ञप्तिमा समावेशी लोकतन्त्र एवम  राष्ट्रिय हितको रक्षार्थ दृढतापुर्वक अघि बढ्न संयुक्त बिज्ञप्तिमा आग्रह  गरिएको छ ।

संयुक्त बिज्ञप्ति प्रकाशित गर्नेमा नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बम, नेकपा माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, नेकपा एमाले कैलालीका सचिव बिमल जोशी, जसपा नेपाल कैलालीका अध्यक्ष गया प्रसाद कुश्मी, राष्ट्रिय जनमोर्चा कैलालीका सचिव जगत प्रसाद जोशी रहेका छन् ।

 



सोमबार १०, जेठ २०७८ ०३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.