घर र गाडिमा स्थिर व्याजदर  कुन बैंकको ऋण सस्तो

Yugnepal     506 पटक पढिएको    

घर र गाडिमा स्थिर व्याजदर  कुन बैंकको ऋण सस्तो


बैंकिङ खबरबाट साभार

। नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केन्द्रीय बैंकले कर्जा अवधिभरि परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्न दिएको निर्देशनसँगै अब स्थिर ब्याजदर कार्यान्वयनमा आउनेछ । केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशन दिदा केही असन्तुष्ट देखिएका बैंकहरु अन्ततः स्थिर ब्याजदर तोक्न बाध्य भएका हुन् । राष्ट्र बैंकले ऋण अवधिभर ब्याजदर तलमाथि नहुनेगरी स्थिर ब्याजदर लागू गर्न निर्देशन दिएको हो । यद्यपि नयाँ तथा कायम रहेका ऋणीले गतिशील ब्याजदर नै लागु गर्न चाहे त्यसलाई निरन्तरता समेत दिन सकिने जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतसम्म ब्याज तोकेको छ ।


नेपाल बैंक
नेपाल बैंकले पनि स्थिर ब्याजदर तोकेको छ । बैंकले घर कर्जाका लागि कम्तीमा ९।८५ प्रतिशत र सवारी कर्जामा १०।८५ प्रतिशत ब्याज तोकेको हो ।

कृषि विकास बैंक
कृषि विकास बैंकले सवारी कर्जाका लागि १०।५ प्रतिशत र घर कर्जाको लागि ११।२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।


लक्ष्मी बैंक
लक्ष्मी बैंकले घर कर्जाका लागि ८।४९ प्रतिशतदेखि १३।९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यस्तै, सवारी कर्जामा न्यूनतम ८।४९ देखि अधिकतम १३।९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले घर कर्जाको लागि ११।९९ प्रतिशत ब्याज र गाडी कर्जाको ब्याज ११।९९ प्रतिशत तोकेको छ ।

सेन्चुरी बैंक
सेन्चुरी बैंकले घर कर्जाको लागि ११।४९ प्रतिशत देखि १२।९४ प्रतिशत सम्म ब्याजदर कायम गरेकोे छ । यस्तै सवारी कर्जा तथा व्यक्तिगत कर्जाको ब्याजदर ११।९९ देखि १२।९९ प्रतिशतसम्म रहेको छ ।

प्रभु बैंक
प्रभु बैंकले घरकर्जामा ९।९९ प्रतिशत देखि १०।९९ प्रतिशतसम्म र गाडी कर्जामा १०।२४ प्रतिशत देखि ११।२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले घर कर्जा ९।९ देखि ११।९ प्रतिशतसम्म र अन्य विविध कर्जाका लागि १२।९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले घर कर्जाको ब्याज ९।८९ प्रतिशत देखि ११।८९ प्रतिशतसम्म निर्धारण गरेको छ भने सवारी कर्जा ९।९९ देखि १०।९९ प्रतिशतसम्म निर्धारण गरेको छ ।

एसबीआई बैंक
नेपाल एसबीआई बैंकले घरकर्जामा १४।५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने सवारी कर्जाको लागि लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सवारी कर्जा १०।९९ प्रतिशत र घर कर्जाको ब्याज १०।७५ प्रतिशत निर्धारण गरेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले घर कर्जा ९।९९ प्रतिशत देखि १२।४९ प्रतिशत सम्म र सवारी कर्जा ९।९९ प्रतिशतसम्म कायम गरेको छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले घर कर्जाको लागि १२।७४ प्रतिशत ब्याज निर्धारण गरेको छ भने सवारी कर्जाको लागि १२।२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ९।४९ देखि १२।९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । घर कर्जाका लागि ११।९८ प्रतिशत ब्याजदर रहेको छ भने सवारी कर्जाको लागि साढे ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकको घरकर्जाका लागि ९।४९ देखि १२।२४ प्रतिशतसम्म ब्याजदर कायम छ भने सवारी कर्जा ९।४९ देखि ११।२४ प्रतिशतसम्म रहेको छ ।

नबिल बैंक
नबिल बैंकले घर र गाडीको लागि १०।५० देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेकोे छ ।

सानिमा बैंक
सानिमा बैंकले घर सवारी कर्जाका लागि ८।२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंक
स्ट्यान्डर्ड चार्टड बैंकले सवारी कर्जाका लागि १०।७५ प्रतिशतदेखि ११।७५ प्रतिशतसम्म, घर कर्जाका लागि १०।७५ देखि १३।७५ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले ७।९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले सवारीसाधनका लागि १०।७५ प्रतिशतबाट ब्याज तोकेको छ भने १० वर्षसम्मको घर कर्जाका लागि साढे १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक
सनराइज बैंकले साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।



शनिबार ०१, कार्तिक २०७७ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.