कोरोनाको प्रभाव कम गर्न सरकारलाई कांग्रेसको आठ बुँदे सुझाव

Yugnepal     664 पटक पढिएको    

कोरोनाको प्रभाव कम गर्न सरकारलाई कांग्रेसको आठ बुँदे सुझाव

 

 बाह्रखरीबाट साभार

काठमाडौं । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण परेको प्रभाव न्यून गर्नका लागि सरकारलाई आठ बुँदे सुझाव दिएको छ । अनुगमन समितिले शुक्रबार प्रेस नोट जारी गरेर सरकारलाई महामारीका कारण परेका प्रभाव न्यूनिकरणका लागि तत्काल गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिएको हो ।  

“कोभिड—१९ बाट नागरिक जीवनमा प्रत्यक्ष रुपमा परेको असर, बन्द लकडाउनका कारण उद्योग, व्यवसायमा परेको प्रभावले ल्याएको बेरोजगारी र जनजीविकामा परेको अप्ठ्यारो न्यून गर्न निम्न लिखित काम तत्काल गर्न सरकारसँग माग गर्दछौं,” कांग्रेस सहमहामन्त्रीसमेत रहेका अनुगमन समिति संयोजक डा। प्रकाशशरण महतद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

कांग्रेसले सरकारलाई दिएका सुझावहरु  

१०   संक्रमणको भयावह स्थितिलाई गम्भीरताका साथ लिंदै संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, जीवन बचाउन अत्यावश्यक औषधीहरुको कालोबजारी रोक्न र आपूर्ति सहज गर्न तथा स्वास्थ्य सुरक्षाका उपकरणहरु र आवश्यक स्वास्थ्यकर्मीहरुको अविलम्व व्यवस्था गर्न सरकारसँग माग गर्दछौं ।

२० संक्रमित नागरिकहरु जसको आइसोलेसनमा बस्ने व्यवस्था छैन, उनीहरुको लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गर्दछौं । साथै, पिसिआर परिक्षणलाई व्यापक, सर्वसुलभ र निम्न आय भएकाहरुलाई निःशुल्क व्यवस्था गर्न समेत माग गर्दछौं ।

३० नजिकै आउंदै गरेका बडा दशै लगायत विभिन्न चाडपर्वको बेलामा काठमाडौं लगायत विभन्नि सहरबाट ठूलो संख्यामा मानिसहरु आ–आफ्नो घरगाउँ फर्कने भएकोले गाउँ वस्तीमा संक्रमणलाई फैलन नदिन एसएमएस ९भौतिक दुरी, मास्क र स्यानिटाइजर० विधिको पालना गर्नु पर्ने आवश्यकताका बारेमा प्रभावकारी रुपमा जनचेतना कार्यक्रम संचालन गर्न र यात्रा गर्दा यातायातका साधनहरुमा स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाउनुका साथै त्यसको समुचित अनुगमनको व्यवस्था मिलाउन माग गर्दछौं ।

४० कोभिडबाट अति प्रभावित गरीब परिवारहरुलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गर्दछौं ।

९५० कोभिड—१९ महामारीका कारण देशमा मानवीय र आर्थिक संकटहरु गहिरिंदै गएको र सरकार दिशाहीन र प्रभावहीन हुँदै गइरहेको अवस्थालाई मनन गर्दै परिस्थिति काबु बाहिर जान नदिन यो विषयलाई गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दछौं ।

६० विदेशमा रहेका नेपाली बेरोजगार नागरिकहरुको राहत, सहयोग र देश फर्कन चाहनेहरुलाई फर्कने व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्दछौं ।

७० लाखौं विद्यार्थीहरुको शैक्षिक भविष्यलाई दृष्टिगत गरी व्यवहारिक कार्ययोजना ल्याउन माग गर्दछौं ।

८०  नेपाली कांग्रेसका केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील साथीहरु, शुभचिन्तक, समर्थक र स्थानीय तह र अन्य तहमा निर्वाचित साथीहरुलाई यो परिस्थितिमा अप्ठ्यारोमा परेका नागरिकहरुलाई सक्दो सहयोग र संक्रमणबाट बच्ने सचेतना अभियानमा समेत सक्रिय सहभागी हुन पनि अनुरोध गर्दछौं ।

कांग्रेसले सरकारलाई कोभिड महामारीले नागरिकको स्वास्थ्य सुरक्षामा र दैनिक जीवन निर्वाहमा परेको आर्थिक, सामाजिक कठिनाइहरुप्रति संवेदनशील र जिम्मेवार हुन खबरदारी गर्दै भनेको छ, “त्यसका लागि उद्धार राहतको समुचित व्यवस्था र अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । अन्यथा हामी सरकारका विरोधमा सशक्त विरोधका कार्यक्रमहरु सञ्चालन गर्न वाध्य हुने कुरा पनि सचेत गराउदछौं ।” 



शनिबार ०१, कार्तिक २०७७ १२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.