सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Yugnepal     94 पटक पढिएको    

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

 

काठमाडौैं, असोज ७ गते । बुधबार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर एक हजार १९० रुपियाँमा पुगेको छ । मंगलबार एक हजार २३० रुपियाँमा कारोबार भएको थियो।



बुधबार ०७, असोज २०७७ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.