सीटीईभिटीको प्रबेश परिक्षा सच्चाउन नेबिसंघको माग

Yugnepal     786 पटक पढिएको    

सीटीईभिटीको प्रबेश परिक्षा सच्चाउन नेबिसंघको माग

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेपाल बिद्यार्थी संघका अध्यक्षहरुले सीटीईभिटीले नयाँ खोलेको भर्ना बिद्यार्थीको हित विपरित भएको भन्दै सच्चाउन माग गरेका छन् ।

 नौ वटै जिल्लाका नेबिसंघका अध्यक्षहरुले आज धनगढीमा संयुक्तरुपमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मार्फत सिटीईभिटी केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

 सीटीईभिटी प्रदेश कार्यालयका निमित्त निर्देशक बिरसिंह धामीलाई नेबिसंघका नौ वटै जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ –‘सीटीइभिटी परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परिक्षाका लागि एसईईमा प्राप्त गरेको प्राप्ताङकलाई ६० र कक्षा ८ मा प्राप्त गरको प्राप्ताङलाई ४० प्रतिशत अंकभार  प्रदान  गरि छनौट गर्ने प्रकृया अपारदर्शी र अबैज्ञानीक छ भन्ने हाम्रो ठहर छ ।’

अगाडी भनिएको छ– महामारीको समयमा एसईईको नतिजा बिद्यालयको आन्तरिक मुल्यांकनका आधारमा प्रकाशन गरिएकोले बिद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन  हुन नसकेको  र निजी बिद्यालयको तुलनामा सरकारी बिद्यालयका बिद्यार्थीको प्राप्ताङक बिगतको तुलनामा अत्यन्त न्युन रहेको  छ । त्यसैले प्रबेश परिक्षा  गर्न नेबिसंघको माग छ ।

ज्ञापन पत्रमा प्रवेश  परिक्षा प्रणालीका माध्यमबाट बिद्यार्थीको छनौट गर्न वा सरकारी बिद्यालयबाट उतिर्ण बिद्यार्थीका लागि ८० प्रतिशत सिट सुनिश्चित गर्न माग गरिएको छ । सात दिन भित्र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।



आइतबार ०४, असोज २०७७ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.