संक्रमणको सन्त्रासमा बैंक वित्त  आधा कर्मचारी घरमा, आधा कर्मचारी परिचालन

Yugnepal     742 पटक पढिएको    

संक्रमणको सन्त्रासमा बैंक वित्त  आधा कर्मचारी घरमा, आधा कर्मचारी परिचालन


बैंकिङ खबरबाट साभार

बैंकवित्तहरुले आधा कर्मचारी मात्रै परिचालन गरेर काम अघि बढाएका छन् । अधिकाँस बैंकवित्तले भदौ महिनाभरी आधा कर्मचारीबाटै काम गर्ने योजना बनाएका छन् । सरकारले भदौ महिनाभरी सतर्कता अपनाउँदै लामो दुरीका यातायात र हवाई उडान बन्द गर्ने निर्णय गरीसकेको छ । त्यससँगै विभिन्न जिला र स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ ।

विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् ।  बिराटनगर, नेपालगञ्ज, विरगंज जस्ता बोर्डर क्षेत्रमा रहेका बैंकहरु कोरोनाको उच्च जोखिमा रहेको पाइएको छ । त्यसका साथै काठमाडौंमा पनि केही बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने सेवा अवधि पनि कम गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा लकडाउन भएसँगै र काठमाडौं उपत्यकामा जोरबिजोर लागु भएसँगै बैंकवित्तले भेटघाटलाई कम गरेका छन् । अत्याबश्यक काम बाहेक बैंकका अफिसरहरुले पनि भेटघाट हटाएका छन् । त्यसैगरी क्यास कारोबार कम गर्न र प्रविधिलाई जोड दिन बैंकिङ क्षेत्रले उपभोक्ताहरुलाई आग्रह गरेर सूचना प्रकाशन गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौंमा रहेका बैंकहरुमा समेत कोरोना संक्रमण देखिएको छ । काठमाडौंबाहीर रहेका र विशेषगरी बोर्डर क्षेत्रका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीमा बढी सन्त्रास बढेको छ । बिरगञ्ज, बीराटनगर, काठमाडौं, धादीङ, इटहरी, कपिलबस्तु, धनगढी लगायतका ठाउँमा बैंकमा काम गर्ने केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।

उता विराटनगर महानगरपालिकाले साउनभरी बैंकिङ क्षेत्रको नगद कारोबार बन्द गराएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न साउन ३० गतेसम्म बीराटनगर महानगरपालीकाले पूर्ण रुपमा लकडाउन गरेको छ । जसकारण बैंकमा भिडभाड बढ्ने र संक्रमण फैलिने भन्दै बैंकका क्यास काउन्टरहरु बन्द गरिएको छ । साउन ३० सम्म बैंकबाट भौतिक रूपमा हुने नगद कारोबार बन्द गरिने बताइएको छ । महानगरको आग्रहपछि सबै बैंक तथा वित्तीय संस्थाले बीराटनगरमा काउन्टरहरु बन्द गरेका छन् । डिजिटल भुक्तानी र एटीएमको प्रयोगबाट कारोबार गर्न महानगरले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनःआलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन् । अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै बैंक खोल्न पाउनेछन् । प्रदेश, स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्नेबारे निर्णय लिन बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि बन्दाबन्दीको समयमा शाखा आंशिक सञ्चालन गरेका बैंकले पछिल्लो समय पुनः सरकारले भीडभाड नियन्त्रण गर्न थालेपछि राष्ट्र बैंकले आवश्यकताअनुसार समूह विभाजन गरेर आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

यता एभरेस्ट बैंकका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्य कार्यालय नै दुई दिनका लागि बन्द गरिएको थियो । एभरेष्ट बैंकको लाजिम्पाट स्थित मुख्य कार्यालयमा सोमबार र मंगलबारका लागि बन्द गरिएको हो । बुधबारदेखि भने नियमित रुपमा सेवा सुचारु हुने छ । शनिबार एभरेष्ट बैंकको लाजिम्पाटस्थित कर्मचारीको कोरोना परीक्षण गराइएको थियो । सो क्रममा दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि दुइदिनका लागि सेवा बन्द गरिएको हो । कोरोना संक्रमितलार्इ आइसोलेसनमा राखिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्नु’ भनेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।



बिहिबार २९, साउन २०७७ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.