सुनको मुल्य  प्रतितोलामा झण्डै ७ हजारले बढ्यो

Yugnepal     790 पटक पढिएको    

सुनको मुल्य  प्रतितोलामा झण्डै ७ हजारले बढ्यो

   नेपाली बजारमा सुनको मूल्य लगातार १३ दिन बढेर सोमबार रोकिएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  यसअघि आइतबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँ बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा पछिल्लो १३ दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेको छ । साउन ६ गते नेपाली बजारमा सुनको कारोबार प्रतितोला ९२ हजार ७ रुपैयाँमा भएको थियो । त्यतिबेला अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ मूल्य बढेको थियो ।

    तेजावी सुनको मूल्य प्रतितोला १३ दिनमा ६ हजार ९ सय रुपैयाँले बेढेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य यथावत नै रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय ९५ रुपैयाँले बढेर ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै साउन ६ गते अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य प्रतितोला ३ सय ९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो



मङ्गलबार २०, साउन २०७७ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.