राष्ट्रिय परीक्षा बोर्डले  ११ कक्षाको परिक्षा विद्यालय स्तरबाटै गर्ने निणर्य

Yugnepal     1770 पटक पढिएको    

राष्ट्रिय परीक्षा बोर्डले  ११ कक्षाको परिक्षा विद्यालय स्तरबाटै गर्ने निणर्य

 

धनगढी– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयबाट सञ्चालन गरेको निर्णयसंगै विद्यालयहरु पनि आफ्नो तयारी गर्न थालेका छन् । पहिलो पटक विद्यालय बाट हुन लागेको कक्षा ११ को परीक्षा आशिंक र नियमित विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सञ्चालन हुने छ ।


राष्ट्रिय परीक्षा बोर्डले आगामि असोजको दोस्रो हप्ता सम्ममा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सुचना जारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका अनुसार विद्यालयहरुले कक्षा ११ का विद्यार्थीहरुको आशिंक परीक्षा यस बर्षको १२ परीक्षा गर्नु अगाडि नै लिएर नतिजा प्रकाशन गरी सक्नुपर्ने छ । राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख उत्तमदेव विष्टले भने । ‘कक्षा ११ को आशिंक र नियमित विद्यार्थीको परीक्षा छुट्टाछुट्टै गर्नुपर्ने छ । आशिंक परीक्षा दिने विद्यार्थीहरुको यस बर्षको कक्षा १२ को परीक्षा अगाडि अनिवार्य रुपमा गर्नुपर्ने छ भने नियमितको पुष सम्म आफ्नो अनुकुल समयमा गर्नुपर्नेछ ।’ यद्यपी परीक्षा कार्यातालिका भने सार्वजनिक गरेको छैन् ।

कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण सिर्जित लकडाउनका कारण प्रभावित बनेका परीक्षा नयाँ कार्यविधि नै जारी गरी सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ११ परीक्षा सञ्चालनका लागि विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा ३ सदस्य समिति गठन पर्नेछ । यस समितिमा कक्षा शिक्षक, र प्रहले मनोनित एक जना शिक्षक बस्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ । नियमित विद्यार्थीहरुको हकमा परीक्षा सञ्चालन देखि नतिजा प्रकाशन सम्म विद्यालयले नै गर्ने पर्ने छ । आशिंक विद्यार्थीहरुको हकमा भने विद्यालयले परीक्षा सञ्चालन गरेपछि राष्ट्रिय परीक्ष बोर्डमा पठाउनु पर्ने निर्देशिकामा उल्लेख गरेको बोर्डका सुदूरपश्चिम कार्यलय प्रमुख उत्तमदेव विष्टले जानकारी दिए ।

विद्यालयलहरुले आफ्नो अनुकुल हेरी स्वास्थ्य सुरक्षा मापदण्ढ मिलाएर गर्नुपर्नेछ । ‘विद्यालयलहरुले परीक्षा गर्नु अघि कार्यतालिका बोर्डलाई बुझाउनुपर्ने छ’ विष्टले अगाडि भने । ‘त्यसपछि बोर्डले परीक्षाको अनुगमन समेत गर्ने छ ।’
प्रदेश परीक्षा बोर्डको कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा यस बर्ष कक्षा ११ मा ५३ हजार ९७ विद्यार्थीहरु सहभागि हुने छन् । कक्षा १२ मा सुदूरपश्चिममा ४१ हजार ८ सय २ जना विद्यार्थीहरु सहभागि हुने छन् ।



बुधबार १४, साउन २०७७ ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.