काँग्रेस पदाधिकारी बैठक आज सानेपामा दिउँसो २ बजे बस्ने

Yugnepal     595 पटक पढिएको    

काँग्रेस पदाधिकारी बैठक आज सानेपामा दिउँसो २ बजे बस्ने

 

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।   बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल  हुने उपसभापति विमलेन्द्र निधिले बताए ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको छ। काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।



आइतबार १४, असार २०७७ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.