धनगढी उपमहानगरले ल्यायो डेढ अर्ब बजेट

Yugnepal     1010 पटक पढिएको    

धनगढी उपमहानगरले ल्यायो डेढ अर्ब बजेट

 

धनगढी– सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे १ अर्बभन्दा बढीको बजेट ल्याएको छ।

प्रदेशको हाल राजधानीसमेत रहेको उपमहानगरले आर्थिक वर्ष २०७७र०७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बुधबारको नगरसभामा पेश गरेको हो।

सामाजिक दूरीसहित स्वास्थ्य सुरक्षा अपनाई धनगढीस्थित ओम प्यालेसमा आयोजित पाँचौं नगर सभामा उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ ८५ करोड र पूजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रुपैयाँ रहेको छ।

बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तीय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको छ।

यसैगरी आगामी वर्षको बजेटमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा विशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिने उल्लेख छ। पाँचौ नगरसभा उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको सभापतित्वमा संचालन भएको हो।



बिहिबार ११, असार २०७७ १२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.