कांग्रेसका सहमहामन्त्री डा  प्रकाश शरणमहतको आरोप सरकार जनताको दुःखप्रति बेखबर

Yugnepal     595 पटक पढिएको    

कांग्रेसका सहमहामन्त्री डा  प्रकाश शरणमहतको आरोप सरकार जनताको दुःखप्रति बेखबर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा  प्रकाश शरणमहतले केपी शर्मा ओली नेतृत्वको सरकार जनताको दुःखप्रति बेखबर बनेको आरोप लगाएका छन् ।

सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व मन्त्रीसमेत रहेका डा महतले सरकारले केहि दिनयता देशभर बढिरहेको विरोध प्रदर्शनलाई राजनीति मिसिएर दमनमा उत्रिनु भन्दा किन जनतामा सरकारको खिलापमा असन्तोष बढिरहेको छ त्यतातिर गम्भीर बन्न सुझाव दिए । 

उनले सरकारको दमनकारी नीतिमा लागिरहेको भन्दै दमनकारी कुनै पनि नीति कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।

नेता महतले अहिले विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले सुरक्षित क्वारेन्टिन, रोजगारी, खर्चमा पारदर्शिता, नागरिकका दैनिक आवश्यकता र पीसीआर टेस्टको माग राखेको र ती सबै माग जायज भएको स्पष्ट पारेका छन् । 

नेपाली कांग्रेसका सहमहामन्त्री डा  प्रकाश शरणमहतले सहमहामन्त्री महतले जायज मागहरू राखेर विरोधमा उत्रिएका सबैलाई मास्क र सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् ।



आइतबार ३२, जेठ २०७७ ०२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.