आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

Yugnepal     649 पटक पढिएको    

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए। गत वर्ष चालू आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाखको बजेट पेश भएको थियो। आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा रु ५८ अर्बले कम हो।

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ २३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतशत छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७५ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए। यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ। रासस



बिहिबार १५, जेठ २०७७ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.