नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ जेठ १७ मा

Yugnepal     638 पटक पढिएको    

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ जेठ १७ मा

नेकपा सरकारका मन्त्री र मुख्यमन्त्री कांग्रेसको सहायक प्रवक्ता नरहेको प्रवक्ता विश्वप्रकाशको स्पष्टिकरण
 

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ जेठ १७  गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि उनले बताए। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारका केहि मन्त्री र केहि मुख्यमन्त्रीहरुलाई नेपाली कांग्रेसको धारणा व्यक्त गर्न या व्याख्या गर्न सहायक प्रवक्ता नियुक्त नगरिएको बताएका छन्। न भारतीय मिडियालाई मुखपत्रको दायित्व दिइएको छ,ू उनले भने

कांग्रेसको धारण कांग्रेस प्रवक्तालाई सोध्न वा जेठ १७ गतेको वैठक कुर्न उनले आग्रह गरे।  

कांग्रेसका बारेमा नेकपाका नेताहरु सहित प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका केहि मन्त्रीहरुले अफवाह फैलाए पछि प्रवक्ताको यो ट्वीट सँगै केन्द्रीय समितिको वैठकको जानकारी गराएका हुन्। 



बिहिबार १५, जेठ २०७७ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.