प्रविधिमैत्री शिक्षा सञ्चालनको तयारीमा प्रदेश

Yugnepal     1165 पटक पढिएको    

प्रविधिमैत्री शिक्षा सञ्चालनको तयारीमा प्रदेश


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा प्रविधिमैत्री शिक्षा  डिजिटल साक्षरतासञ्चालनको तयारी गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले डेढ महिना बढिदेखि गरेको लकडाउनले शिक्षा क्षेत्र पनि प्रभावित भएपछि प्रदेश सरकारले प्रविधिमैत्री शिक्षा सञ्चालनको तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना प्रविधिको उपलब्धता तथा विद्यमान अवस्थाको वस्तुगत तथ्यांक सम्बन्धित निकाय, कार्यालयहरूबाट माग गरेको जनाएको छ ।

मन्त्रालयले प्रविधिमैत्री शिक्षण सिकाई सञ्चालन गर्नका लागि आज ९आइतबार० र भोली ९सोमबार० अनलाईन सम्मेलन गर्न लागेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सम्मेलनमा प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत, नौ वटै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षा विकास निर्देशनालय दिपायलका उपसचिव तथा शाखा अधिकृत, सामाजिक विकास मन्त्रालयका सचिव, मन्त्रीको उपस्थितिमा शिक्षा क्षेत्रमा महामारीको असर, प्रभाव तथा भावी रणनीतिलाई समेटेर सम्मेलन गर्न लागेको जनाएको छ ।

मन्त्रालयले सम्बन्धित अधिकारीहरूलाई अनलाई सम्मेलनमा सहभागि हुन सबैलाई इन्टरनेटको पहुँच भएको स्थानमा तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मन्त्रालयले बनाएको तालिका अनुसार आइतबार पहिलो दिन ११ बजेदेखि दुई बजेसम्म अछाम, कैलाली, बझाङ र बैतडी जिल्ला तथा २ः३० देखि ५ः३० सम्म दार्चुला, डडेल्धुरा, डोटी, बाजुरा र कञ्चनपुरका अधिकारीहरूसंग छलफल गरिने जनाइएको छ ।

मन्त्रालयले क्वारेन्टाइनमा प्रयोग गरिएका शैक्षिक संस्थाहरू र ती शैक्षिक संस्थाको भौतिक व्यवस्थापन तथा साधनस्रोतको अवस्था, कोरोना भाइरसको प्रकोपबाट जोगिन स्थानीय सरकारहरूको योजना र कार्यान्वयनको अवस्था, विद्यार्थीहरूको परीक्षाफल प्रकाशन, नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम, पाठयपुस्तक वितरण तथा कक्षा सञ्चालन सम्बन्धी स्थानीय तहहरूको योजना तथा प्रदेश सरकारबाट सहकार्यको अपेक्षा लगायत मुख्य एजेण्डा रहेको मन्त्रालयका प्रवक्ता झंकर विष्टले जानकारी दिए ।

त्यस्तै, नतिजा प्रकाशन, विद्यालय भर्ना र पाठ्यपुस्तकको व्यवस्था तथा पूर्वतयारी र पाठयपुस्तकको रकम निकासाको अवस्था, सामाजिक दुरी कायम गरी परिक्षाफल प्रकाशन सम्बन्धी योजना, शिक्षक तालिम तथा कार्य सम्पादन मूल्यांकन लगायत वृतिविकास सम्बन्धी धारणा र सुझावहरू, विद्यालय उमेरका बालबालिकाहरूलाई कोरोनाको संक्रमणबाट जोगाउन तथा मनोसामाजिक त्रासदिबाट जोगिन स्थानीय तहहरूले अपनाउे नीति तथा योजना पनि सो सम्मेलनमा छलफल हुने जनाइएको छ ।

मन्त्रालयले प्रविधिमैत्री शिक्षणलाई अगाडि बढाउने तयारी गरे पनि कार्यान्वयनमा भने केही चुनौति देखिने जनाइएको छ । मन्त्रालयका प्रवक्ता बिष्टले प्रदेश रहेका कुल विद्यालयमध्ये अहिलेसम्म १२ प्रतिशतमा मात्र इन्टरनेटको पहुँच रहेको बताए । उनले भने– प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गर्ने योजना त छ तर, सबै विद्यालयमा इन्टरनेटको पहुँच छैन ।



आइतबार २८, बैशाख २०७७ ११:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.