बझाङमा जीप दुर्घटना

Yugnepal     881 पटक पढिएको    

बझाङमा जीप दुर्घटना

 प्रदिप मलासी बझाङ  को मोरिबगर   मा जिप दुर्घटना     बझाङमा जीप दुर्घटनामा परेको छ । दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट खाद्यान्न लिएर शाखा सडक चौधारीतर्फ गइरहेको से १ ज ७५८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

४ क्विन्टल गहुँ र तरकारी बोकेर चौधारीतर्फ गइरहेको जीप सडकबाट २५ करिब मिटर तल खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको स्थानीय  सिर्जना भण्डारी  बताए ।

अहिले मोरीबगर चौधारी शाखा सडक स्तरउन्नती गर्ने काम भइरहेकाले सडक वर्षाका कारण चिप्लो भएकाले  जीप दुर्घटना भएको हुनसक्ने उनले बताए ।



आइतबार २१, बैशाख २०७७ ११:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.