शिक्षकले बिद्यालयमा जाड रक्सी खाए पछि अविभावक द्धारा बिद्यालयमा ताला बन्दी

Yugnepal     1338 पटक पढिएको    

शिक्षकले बिद्यालयमा जाड रक्सी खाए पछि अविभावक द्धारा बिद्यालयमा ताला बन्दी

 जिल्लाको जयपृथ्वी नगरपालीका वडा नंम्बर १ कैलासमा रहेको नारायण माध्यामिक बिद्यालयमा अविभाकले ताला बन्दी गरेको छ । बिद्यालयका साहेक प्रधानाध्यापक समेत रहनु भएका गङ्गो बहादुर सिँह लगाएत ५ नजा शिक्षक मिलेर बिद्यालयमा नै जाड रक्सी खाएको भन्दै सम्पुर्ण अविभावकहरु मिलि बुधबार एक बिज्ञप्ति निकाल्दै बिद्यालयमा ताला बन्दी गरीको हो ।

 मंगलबार दिउसो २ः०० बजे नै बिद्यालय बन्द गरेर सबै बिद्यार्थी घर गईसके पछि स्थानिय,७ बर्षिया बालक किरन सिहँ लाई पैसा दिएर पसलमा रक्सी किन्न लगाई बिद्यालय भित्रै जाड सक्सी खाएको सोहि बिद्यालयमा अध्यनरथ बिद्यार्थीको भनाई छ ।सरकारी नियम अनुसार ४ः०० बजे बिद्यालय बन्द गर्नु पर्ने भए पनि त्यसरी दिँउसो २ः०० बजे नै बिद्यालय बन्दगरी शिक्षकहरुले जाड रक्सी खादा बिद्यार्थीको पठन९पाठनमा समस्या भएको र आफ्ना छोराछोरीको भबिश्य बिग्रने भन्दै आफुहरुले ताला बन्दी गरीको अबिभावकहरुले बताए

सहायक प्रधानाध्यापक गङ्गो बहादुर सिँहले भने विद्यालय पनि ४ः०० बजे सम्मनै लगाएको, आफु र अन्य कुनै शिक्षकले पनि रक्सी नखाएको र कसैले त्यतिक्कै झुटो आरोप गलाएको बताए । यस बिद्यालयका प्रधाना ध्यापकले भने बिद्यालयमा बिध्यार्थी संख्या कम अपस्थीत भएको कारण बिद्यालय २ः०० बजे नै बन्द गररनिङ सिल्डको लागि फिल्ड तयार गर्न केहि शिक्षक र कक्षा ९ र १० का केहि बिद्यार्थीहरुलाई लगाई आफु घर गएको र पछि कसले के गर्यो भन्ने आफुलाई केहि जानकारी नभएको बताए ।  प्रधानाध्यापका अनुसार अब बैठेक राखी अबिभावक संग कुरा गर्ने र शिक्षकहरुले जाड रक्सी खाएको साचो भए अबिभावक संग सहकार्य गरेरआबस्यक काबार्हि गर्ने बताए ।
बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरज बहादुर सिहले भने आफु चैनपुर भएको कारण यस बारेमा आफुलाई केहि जानकारी नभएको र अब बुद्मने बताए ।



बुधबार १५, माघ २०७६ ०३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.