वल्र्डलिंकद्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

Yugnepal     1031 पटक पढिएको    

वल्र्डलिंकद्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्ष देखी नेपालका सहरी तथा ग्रामिण भेगमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको छ। वल्र्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।

त्यतिमात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ। यसै क्रममा कम्पनिले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत मानव सेवा आश्रमलाई हालै १० लाख रुपैयाँ सहयोग गरेको हो।

मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको छ। उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मान पत्र हस्तान्तरण गरेका छन्।

उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै, असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्र्रमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवा आश्रमका नेपाल भरि रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए। ‘आश्रमले निस्वार्थ सेवाबाट सडकमा रात बिताउने बाध्य भएका असाहाय मानिसहरुलाई बस्नको लागि छत उपलब्ध गराएको छ।’, उनले भने, ‘यस्तो संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीको लागि पनि अवसरको विषय हो।’

नेपालमा यस्ता असाहाय र कमजोर मानिसहरु धेरै छन। जालानले भने, ‘सबै व्यक्ति संघ संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्नेछ।’ यहि भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो। कम्पनीले आगामी दिनमा पनि यस्तो सहयोगहरु गर्दै जाने उनले बताए।



मङ्गलबार १४, असोज २०७६ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.