नौ अभिनेत्रीलाई नवदुर्गा सम्मान

Yugnepal     853 पटक पढिएको    

नौ अभिनेत्रीलाई नवदुर्गा सम्मान

काठमाडौं । नेपाली चलचित्रको प्रथम अभिनेत्रीदेखि अहिले चल्तीमा रकहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रमसहित गरि यो सम्मान कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिदै छ । सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’की अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल एवं स्वस्तीमा खड्का रहेका छन् ।

विशिष्ट अभिनेत्रीसहित नव अभिनेत्रीसम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकहरु मध्ये एक शहिद फिल्मकी विमना केसीले बताइन् ।

राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, प्रवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । सम्मानका अलावा मनोटोनस् नहोस भन्नका खातिर साँस्कृतिक प्रस्तुति समेटीएको उप्रेतीले बताइन् । उनले भनिन् – पक्कै पनि साँस्कृतिक प्रस्तुति आकर्षक हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यहि १३ गते दिउसो २ः३० देखी शुरु हुने बताइएको छ ।

रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । सम्मानका अलावा मनोटोनस् नहोस भन्नका खातिर साँस्कृतिक प्रस्तुति समेटीएको उप्रेतीले बताइन् । उनले भनिन् – पक्कै पनि साँस्कृतिक प्रस्तुति आकर्षक हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यहि १३ गते दिउसो २ः३० देखी शुरु हुने बताइएको छ ।



शुक्रबार १०, असोज २०७६ ०२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.