गोदावरी नगरक्षेत्रभित्रका खेलाडीहरु सम्मानित फोटोफिचर

Yugnepal     1515 पटक पढिएको    

गोदावरी नगरक्षेत्रभित्रका खेलाडीहरु सम्मानित फोटोफिचर

 

अत्तरिया  । गोदावरी नगरपालिका र एभरेष्ट एकेडेमी अत्तरीयाले गोदावरी नगरक्षेत्रभित्रका खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । सयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा कराँते, तेक्वान्दो र कपर्दीका विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको हो ।

नगर प्रमुख हरि सिंह साउँदले खेलले युवाहरुलाई स्वस्थ, तन्दुरुस्त र अनुशासित रहन सहयोग गर्ने बताए । खेलकुदले खेलाडी, नगर तथा देशलाई चिनाउन ठुलो भूमिका खेल्नुका साथै समाजबाट विसंगतिलाई पनि न्यूनिकरण गर्न सकिने बताउँदै सबै खेलाडीहरुको उज्वल भविष्यको पनि कामना गरे ।

कार्यक्रममा ११ औं राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजयी खेलाडी, दोस्रो उपराष्ट्रपति रनिङ्ग प्रतियोगिताका विजयी खेलाडी, आठौं आरवीए अन्तरराष्ट्रिय प्रतियोगिता कार्यक्रमका सहभागी तथा विजयी खेलाडीहरुलाई सम्मानित गएिको हो ।

साथै कार्यक्रममा कराँते प्रशिक्षक डम्बर साउँद र एकेडेमीका शिक्षक बासुदेव जोशीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँते तर्फका खेलाडीहरुमा हरेन्द्र नाथ, सागर सिंह, रोशन भाट, आनन्द विक, सन्तु भट्टराई, मिना विक, दिनेश भट्टराई, धन बहादुर विष्ट रहेका थिए । तेक्वान्दो तर्फ प्रतीक्षा शाही, लक्ष्मी विष्ट, सुजन वोहरा, सत्कार विष्ट लगायतका खेलाडीहरु रहेका थिए ।

त्यसै गरि आरवीए अन्तरराष्ट्रिय कराँते प्रतियोगितमा पदक प्राप्त गर्ने खेलाडीहरुमा आषिक पण्डित, आषिका पण्डित, करन गुप्ता, सन्तु भट्टराई, हरेन्द्र नाथ र सागर सिंह रहका थिए । साथै जिल्ला स्तरीय कपर्दी प्रतियोगितामा प्रथम हुने खेलाडीहरु दिनेश शर्मा, दिलिप कार्की तथा भरत रोकायालाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख हरि सिंह साउँद रहेका थिए । विशिष्ट अतिथिमा निर्वाचन क्षेत्र नं। ५ का प्रमुख प्रशिक्षक अत्तरीया डोजाका सचिव डम्वर साउँद, कैलाली जिल्लाका प्रमुख प्रशिक्षक हिक्मत गुरुङ्ग रहेका थिए ।



बिहिबार ०९, साउन २०७६ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.